महेन्द्रनगर, भदौ ८ (ई-रैवार)
प्रहरीमाथि हातपातको आरोपमा ४ जना पक्राउ परेका छन । माहाकाली नगरपालिकाको ईलाका प्रहरी कार्यालयले प्रहरीमाथि हातपात गरिएछि ४ जनालाई पक्राउ गरेको हो ।
माहाकाली नगरपालिका–८ सुन्दरनगरमा सोमबार विहान ११ बजे स्थानीय गणेश खत्रीलाई कुटपिट गरिएपछि सुन्दरनगर पुगेका प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारमाथि हातपात गरेका हुन् ।
प्रहरी सहायक निरीक्षक दान सिह धामीले खत्रीसित कुटपिटको विषयमा सम्झाउन खोज्दा धामी सहित हवल्दार रमेशराज भारतीमाथि गणेश खत्रीलाई कुटपिट गर्ने युवकहरुले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
प्रहरीमाथि हातपात गरिएपछि स्थानीय शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीले पक्राउ परेका चारै युवामाथि सार्वजनिक अपरापधको मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक थापाले बताए ।


