पछिल्लो २४ घण्टामा कैलाली र डडेल्धुरामा थप १४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कैलाली र डडेल्धुरामा थप १४ जनामा कोरोना पुष्टि
Spread the love

 

धनगढी, भदौ ६ (ई-रैवार) 

पछिल्लो २४ घण्टामा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ९ सय १ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ९ पुरुष र ४ महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका वडा नम्वर ६ का ३ जना र भजनी नगरपालिका वडा नम्वर ७ का १ जनामा संक्रमण पुष्टि भएको बताएका छन

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५१ बर्षीय पुरुष र वडा नम्वर ५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

आजका संक्रमित थपिएसंगै कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय १९ पुगेको छ। संक्रमण पुष्टि भएका १ हजार २ सय बढिले कोरोना जितेको छ भने चार जनाको मृत्यु भएको छ ।

त्येसैगरी पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा १ जनाको रिर्पोट पोजेटिभ आएको छ ।  कूल २ सय ३० जनाको स्वाब परीक्षण गरिएकोमा  १ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले  कोरोना पुष्टी हुनेमा डडेल्धुराको गन्यापधुरा गाउपालिका वडा नम्बर १ का एक जनामा कारोना पुष्टि भएको जानकारी दिए ।