पञ्चेश्वर गाउँपालिकाले लुकायो सूचना, आयोग गुहार्‍यो कांग्रेसले

पञ्चेश्वर गाउँपालिकाले लुकायो सूचना, आयोग गुहार्‍यो कांग्रेसले
Spread the love

 

बैतडी, भदौ ६ (ई-रैवार)

बैतडीको पञ्चेश्वर गाउँपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको छ । गाउँपालिकाले सूचना माग गर्दा समेत उपलब्ध नगराएको भन्दै नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका समितिले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा मार्फत सूचनाको माग गर्दै गाउँपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पठाइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिए ।

विभिन्न २१ बुँदे माग सहित गाउँपालिकामा निवेदन दर्ता गराएर सूचनाको माग गरिएको भएपनि सूचना प्राप्त नभएकाले जिल्ला प्रशासन कार्यालय र हुलाक मार्फत राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका सभापति रामबहादुर चन्दले बताए ।

सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर सूचना माग्दा समेत सूचना नपाइएकाले आयोगमा पुनरावेदन दिइएको भण्डारीले जानकारी दिए ।