पहिरो जादाँ बझाङमा २ बेपत्ता, ४ जना घाईते

पहिरो जादाँ बझाङमा २ बेपत्ता, ४ जना घाईते
Spread the love

 

बझाङ, भदौ ३ (ई-रैवार)

बझाङमा लगातारको बर्षा संगै आएको पहिरोले २ जना बेपत्ता छन । भने ४ जना घाईते भएका छन् । बुङगल नगरपालीका वडा नं ५ मिडीमा गएराती घरमाथी बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर पुरिएको हो ।

पहिरोमा परि पुरिएका ४ जनाको नेपाल प्रहरी र स्थानियको सहयोगमा उद्धार गरिएको छ भने बेपत्ता भएका दुई जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर ताम्राकारकी ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ बर्षकि छोरी सुनिता र १२ बर्षकि टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भयका छन भने १४ बर्षका छोरा सचिन ताम्राकार र ३ बर्षका आफन्त सुदिप ओखेडा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख पूहरी नायव उपरक्षिक गणेश बमले जानकारी दिएका छन ।

प्रताप ताम्राकार आफु रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा रहेका छन् । घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।