काठमाडौं, साउन ३२ (ई-रैवार)
मुलुकमा थप ६ सय ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ४१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको हो ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय ३४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ ।
आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख १७ हजार ९सय ७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७ सय २४ छन् । आजसम्म देशभर १५ हजार २ सय ४३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि
कैलाली र कञ्चनपुरका थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरका १ र कैलालीका २ गरी थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर प्रसाद गौतमले ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका १ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ गरी ३ जनामा संक्रमण पुष्टि भएको बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ। सबैभन्दा बढि कैलालीमा ३ हजार ३ सय जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
डोटीमा ७ सय ९५, अछाममा ७ सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुराका ३ सय १३, बैतडीका ३ सय १, बझाङका २ सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन् भने सुदूरपश्चिममा १२ जनाको मृत्यु भएको छ ।


