काठमाडौं, साउन ३२ (ई-रैवार)
सुनको भाउ साताको तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको भाउ साताको पहिलो दिन आज तोलामा दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा साउन २३ गते छापावाल सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
महासंघका अनुसार तेजाबी सुनको भाउ ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन गत शुक्रबार ९८ हजार १ सयमा किनबेच भएको थियो साउन २३ गते तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबार चाँदीको भाउ तोलाको १ हजार ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार चाँदीको भाउ तोलाको १ हजार ३ सय ५५ रुपैयाँ थियो। साउन २३ गते चाँदीको भाउ तोलाको १ हजार ४ सय ५ रुपैयाँ पुगेको थियो ।


