चीनले सुरु गर्‍यो चालक रहित बस सेवा

चीनले सुरु गर्‍यो चालक रहित बस सेवा
Spread the love

 

एजेन्सी, साउन २३ (ई-रैवार)

चीनले चालकरहित बसको परीक्षण सेवा सुरु गरेको छ । कोरोना भाइरसको महामारीकै बीचमा चीनले आफैँ चल्ने बसको परीक्षण सुरु गरेको हो ।

बसको परीक्षणसँगै उक्त बसमा यात्रा गर्ने यात्रीलाई निशुल्क सेवा दिन घोषणासमेत चीनले गरेको छ। चीनको यो पहिलो ‘सेल्फ ड्राइभिङ’ बस लाइनको व्यवसायिक सुरुवात हेनान प्रान्तको झेङ्झुमा परीक्षणका रुपमा सुरु गरिएको छ।

चालकरहित बसको गति औषतमा २५ किलोमिटर प्रतिघण्टा राखिएको छ । अत्याधुनिक सुविधा सम्पन्न बसमा फाइभ जी नेटवर्कका साथै ‘एयर इन्टरएक्टिभ सिस्टम’ लगायतको व्यवस्था गरिएको छ ।