कोरोना पिडित संघर्ष संयुक्त समिति र इनफ इज इनफद्वारा आन्दोलनको चेतावनी

कोरोना पिडित संघर्ष संयुक्त समिति र इनफ इज इनफद्वारा आन्दोलनको चेतावनी
Spread the love

काठमाडौं, साउन १५ (ई-रैवार)

कोरोना पीडित संघर्ष संयुक्त समिति र इनफ इज इनफले सरकार कोरोना महामारीबाट पीडित प्रति संवेदनशील बनेर राहतको कदम नचाले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर तत्काल आफूहरुको माग पूरा नगरे आन्दोलनमा जान वाध्य हुने बताएको हो ।

कोरानो पीडित संयुक्त संघर्ष समितिका संयोजक विष्णुजङ्ग बस्नेतले सरकार कोरोना पीडित प्रति संवेदनशील नभएकाले आन्दोलनमा जान वाध्य हुने अवस्था आएको बताए । ‘यस्तै अवस्था रहे आन्दोलनमा जानुको विकल्प छैन, उनले भने,‘सरकार सर्वसाधारणको स्वास्थ्य प्रति गम्भीर छैन ।’ पिसिआरको दायरा बढाउनु पर्नेमा उनको जोड थियो ।

कोरोना महामारीको बेला ३१ वटा संघ÷संस्थाहरु सचेताना अभियानमा अग्रसर रहेको उनले बताए । कोरोना भाइरस कुनै वर्ग, क्षेत्र, लिङ्गको नभएको कारण सरकारले अत्यावश्यक कदम चाल्नु पर्नेमाउनको जोड थियो । उनले भने, ‘हामी सरकार ढाल्नकुनै प्रयत्न गरेको छैनौं, सरकालाई महामारीको बेला सही ट्रयाकमा मात्र ल्याउन खोजेका हौँ ।’

इनफ इज इनफका अभियन्ता बृतान्त खनालले आफूहरुको कडाआन्दोलनमा जान सक्ने बताए । सरकार जिम्मेवार रुपमा प्रस्तुतनभएकाले आन्दोलनलाई अझकडा बनाउनु पर्ने अवस्था आउन सक्ने चेतावनी दिए । स्वास्थ्यमा निसको मूलधन भएको कारण पिसिआर प्रविधि विस्तारको आवश्यकता औँल्याएका छन् । उनले  भने, ‘सरकार बहिरो भएको छ । सरकारलाई एक तर्फी सुन्ने बानीलागेको छ ।’ सरकारले गरेको ओम्नी समूह संगको सम्झौता प्रभावकारी नदेखिएको बताए ।

महामारीको आडमा सरकारले गरेको भ्रष्टाचार, कालो बजारीलाई अन्त्य गर्न आवश्यक रहेको ठहर गरेकाछन् । उनले भने, ‘पिसिआर व्यापक मात्रामा होस, भ्रष्टाचार र कालोबजारी अन्त्यहोस् साथै विदेशमा रहेको नेपालीको उद्वार गर्न तत्काल पहल होस् ।’ सरकार संग इनफ इज इनफले गरेको सम्भौतामा बेनिफिटअफ डाउट समेत पेश गरेको उनले जनाए । आफूहरु सरकार दाल्नकुनै पनि योजना नबनाएको भन्दै उनले स्पष्ट पारे । इनफ इज इनफले माग गरेको सम्पूर्ण विषय छिट्टै सम्वोधन गर्न आग्रह गरेकाछन् ।

कोरोना पिडित संयुक्त संघर्ष समितिका सल्लाहकार डा. सुरेन्द्र भण्डारीले महामारीका बेला कोरोना पिडित संयुक्त संघर्ष समिति र इनफ इज इनफको संयुक्त साझेदारी भएकोमा बधाई दिएकाछन् । उनले भने, ‘कोरोना महामारी बीच संयुक्त साझेदारीले पिडित बकर्गको समस्यालाई समधानगर्छ भन्ने आशा छ ।’ सहकार्यले समस्यालाई उजागर गर्दै समाधान उन्मुख हुनेमाआफ्नो विश्वास प्रकट गरे ।

कन्ट्याक्टट्रसिङ, पिसिआरको दायरा र क्वारेन्टिनलाई गुणस्तर बनाउनु पर्नेमा उनको जोड थियो । महामारी बीच सम्पूर्ण समूदाय, वर्ग, म्यापावर कम्पनी, टेयाक्सि व्यावसाय, होटल व्यावसायलाई पूनः सञ्चालनगर्दा विशेष ध्यानदिनु पर्नेमा आवश्यकताऔल्याएका छन् । उनले भने, ‘स्वास्थ्य सामाग्रीमा सरकारले गरेको अनियमितता लज्जास्पद रहेको छ, नागरिकको स्वास्थ्य माथि खेलबाड भइरहेको छ ।’ महामारी सृजना भएदेखि विभिन्न समस्याले गर्दा आत्महत्याको संख्यामा बृद्विभएकोमा सरकारको ध्यानाकर्षण गरेकाछन् । महामारीले दिर्घकालिन रुपमा आर्थिक संकट निम्त्याउन सक्नेप्रति सरकालाई सचेत हुनआग्रह गरेकाछन् ।

कोरानो पिडित संयुक्त संघर्ष समितिका कोषाध्यक्ष सागर खड्काले विपद् अवस्थामा सरकारले आफ्नो जिम्मेवारी बोध गर्न आवश्यक रहेको बताएका छन् । उनले भने, ‘पिसिआर प्रविधिलाई विस्तार गर्नृपर्ने छ ।’ सरकारले महामारीको बेला पिडित बर्गको विषयमा समेत गम्भीर हुनुपर्ने बताए ।’

नेपाल वैदेशिक रोजगार संघका उपाध्क्ष कमल तामाङले सरका सित कुनै पनि रेस्क्यु मेकानिजम नभएकोमाआपत्ती जनाए । उनले भने ‘विगत महिनैँ  देखिको लकडाउनले सामान्य बर्गमाअत्यधिक असर पारेको छ, उनीहरुले पुनः आफ्नोे दैनिकी चलाउन निकै कठिन हुनेछ ।’ विदेशमा अलपत्र परेका नेपालीको उद्वारमा सरकाद्वारा त्रुटीभएको बताउँदै निशुल्क उद्वारमा जोड दिनु पर्ने बताए ।

सरकारले कुनै पनि महामारी भएमा पहिलै विदेश जानेमा मानिससंग रकमवापत १५ सय रुपैयाँ लिने गरेका छ । तर, उद्वार गर्दा मानिस बाध्य भइ रकम तिर्नु परेको लज्जास्पद रहेको बताए । नेपालमा कोरोनाको सही रुप सरकार लगायत सम्पूर्ण नागरिकले नबुझेको स्पष्टपारे । लकडाउन खुले पनि संक्रमितको संख्या बढ्दै गएको र आगामी दिनमा संख्यामा व्यापक वृद्वि हुनेमा सरकारलाई सचेत हुन आग्रह गरेका छन् ।