करेन्ट लागेर बालकको मृत्यु

Spread the love

कैलाली, साउन १६ (ई-रैवार) कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर १ कि आरती विकका एक बर्षीय छोरा विक्रम विकको करेन्ट लागेर मृत्यु भएको हो।
घर भित्रै खेलीरहेको अवस्थामा टेवुल पंखाबाट करेन्ट लागेर उनी घाईते भएका थिए। उनको सेती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।