वडा कार्यालयमा आगजनी

Spread the love

डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ ।
कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका कागजात तथा सामाग्रीहरु नष्ट भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
आगजनीमा संलग्नताबारे अझै पत्ता लागेको छैन् । सोबारे स्थानीय स्तरमा प्रहरी परिचालन भएर छानविन भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । ‘प्रहरी परिचालन गरेका छौ,’ उनले भने,‘स्थलगत अनुसन्धान भईरहेको छ । यथासिघ्र दोषी पत्ता लाग्छ ।’
यसरी वडा कार्यालयमा आगलागी गरिएको डोटीको यो दोस्रो घटना हो । यसअघि बडीकेदार गाउँपालिका–४को वडाकार्यालयमा पनि आगजनी भएको थियो । सो घटनामा संलग्नताबारे अझै पत्ता लागेको छैन् ।
यता लगातार अज्ञात समुहद्वारा कार्यालयमा आगजनी हुन थालेपछि जनप्रतिनिधीहरु त्रसित हुन थालेका छन् ।