दशैँपछिको शेयर बजार ५८ अङ्कले घटेर २ हजार ६ सय ४ विन्दुमा झर्‍यो

दशैँपछिको शेयर बजार ५८ अङ्कले घटेर २ हजार ६ सय ४ विन्दुमा झर्‍यो
Spread the love

काठमाडौं असोज। दशैँपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५५ अङ्कले घटेर २ हजार ६ सय ४ दशमलव ९६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर ४ दशमलव ८३ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, होटल, जलविद्युत्, निर्जीवन बीमा समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । नेप्से उच्च अङ्कले घटेको दिन सेन्चुरी बैंकको डिबेन्चर ९२०८८० भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । यसअघि गएको असोज १२ गते २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका १ करोड ३ लाख कित्ता शेयर ४ अर्ब ६२ करोड रुपैयाँमा किनबेच भएको छ ।