कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेमा जेल सजाय हुने

कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेमा जेल सजाय हुने
Spread the love

काठमाडौं, असोज २३ (ई-रैवार)

कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइएमा जेल सजाय हुने भएको छ । सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइएमा ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोरोना संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने बताएका छन ।

यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको प्रवक्ता डा. गौतमले बताए ।

दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।