काठमाडौं, असोज २४ (ई-रैवार)
नेपालमा आज थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा १ जना, मोरङमा २ जना, सर्लाहीमा १ जना, काठमाडौंमा २ जना, ललितपुरमा २ जना, भक्तपुरमा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, नवलपरासीपूर्वमा १ जना र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।


