आइपिएल : चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १ सय २६ रनको सामान्य लक्ष्य

आइपिएल : चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १ सय २६ रनको सामान्य लक्ष्य
Spread the love

एजेन्सी, कार्तिक ३ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनायो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ रनमा अविजित रहे । केदार जाधव ४ रनमा अविजित रहे ।

चेन्नईले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । जोफ्रा आर्चरले तेस्रो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई जस बटलरबाट १० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । अर्का तीव्र गतिका बलर कार्तिक त्यागीको चौथो ओभरको अन्तिम बलमा शेन वाटसन राहुल टेवाटियाबाट ८ रनमा क्याच आउट हुन पुगे ।

श्रेयस गोपालले नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका ओपनर साम करन लङअनमा बटलरबाट २२ रनमा क्याच आउट हुन पुगे । करनले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे । राहुल टेवाटियाको दशौं ओभरको अन्तिम बलमा टप एज लागेर सन्जु स्यामसनबाट आम्बाती रायुडु १३ रनमा क्याच आउट भए । रायुडुले १९ बलमा २ चौका प्रहार गरे ।

१८ औं ओभरको चौथो बलमा महेन्द्रसिंह धोनी २८ बलमा २ चौका सहित २८ रनमा रन आउट भए । पाँचौ विकेटका लागि धोनी र रविन्द्र जडेजाले ५१ रनको साझेदारी गरेका थिए ।

श्रेयस गोपालले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चर २० रन खर्चेर १ विकेट लिए