सर्वोच्च अदालतका चार न्यायाधीशले हेरे बन्दी प्रत्यक्षीकरण मुद्दा

Spread the love

काठमाडौं, कात्तिक २२ (ई-रैवार) 

सर्वोच्च अदालतका चार न्ययाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका छन्। तिहार विदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र कुमार चुडालले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेशी तोकेका थिएनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघि एक सातासम्म इजलासमा नबसेर छलफल गरेका थिए। तर तिहार बिदाको अघिल्लो दिन उनीहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए।

न्यायाधीशहरूबीच चोलेन्द्र शमसेर जबरा इजलासमा नबस्ने समझदारी भएको बताइएको थियो। तर प्रधानन्यायाधीश राणाले आफ्ना लागि समेत सोमबार इजलास तोकेका थिए।

प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास तोकेपछि सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य न्यायाधीशहरू छलफलमा छन्। सोमबार ६ वटा इजलास गठन भएकोमा ३ वटा इजलासमा सुनुवाइ भएको हो।