एमाले स्थायी कमिटीको बैठक बस्दै, यी हुन् एजेण्डा

Spread the love

काठमाडौं, कात्तिक ४ (ई-रैवार)

नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन ।

दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका बारेमा छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

साथै अविरल वर्षाका कारण देशमा भएको जनधनका बारेमा समेत छलफल गर्ने बैठकको एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए ।  एमालेको आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने स्थान तय गर्ने नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको छ ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुने उनले बताए । एमालेको यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गरिँदै छ ।

यी हुन् बैठकका पाँच एजेन्डा 
१, विधान महाधिवेशनको समीक्षा
२, वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा
३, पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा
४, राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश
५, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा
६, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा