नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु
Spread the love

काठमाडौँ, कात्तिक ४ गते । 

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

यी समिति बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भैरहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

यसअघि सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले विभिन्न आयोग गठन गरेको थियो । निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको माओवादीले आजको बैठकले ति कमिटीलाई पूर्णता दिने जनाएको छ ।

आगामी पुस महिनामा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको सो पार्टीले सदस्यता वितरणको कार्यतालिका समेत संशोधन गरी कात्तिक २५ गतेसम्म पुर्याएको छ ।