काठमाडौँ, असोज ६ (ई-रैवार)
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बोलाइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।
यसअघि, पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइए पनि स्थायी कमिटी बैठकमा छलफल गरेरै टुंगोमा पुग्न लागिएको हो । मन्त्रीको नाम टुंग्याएर आजै सरकारमा पठाउने आन्तरिक तयारी छ ।


