सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि

Spread the love

धनगढी, साउन २६ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५९ जनाको नमूना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिकअस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले १३२ जनाको रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना अस्पतालमा भर्ना भएका छन्, भने ५ जना डिस्चार्ज भएका छन् ।

सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार हाल सेती प्रादेशिक अस्पतालमा १९ जना कोरोना संक्रमित उपचाररत छन्। भने २ जना भेन्टिलेटर र ३ जनाको आसीयुमा उपचार भइरहेको छ ।