नेपालमा आज २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

Spread the love

काठमाडौँ, साउन २४ (ई-रैवार) 

नेपालमा आज थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ३७८ वटा नमुनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ जनागरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेकोे छ । मृत्यु हुनेको दर १।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।