सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने

Spread the love

काठमाडौँ, साउन १३ (ई–रैवार)

सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद बिस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक आज बिहान ९ बजे बस्ने लागेको बताएका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्ने तयारी गरेका छन्। देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।

जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष सरकारमा जाने वा नजाने भन्ने यकिन छैन।