प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै

Spread the love

काठमाडौँ, साउन १२ (ई–रैवार) 

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत छ । जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।

त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज एक बजे नै बस्ने संसद सचिवालयले जनाएको छ ।