काठमाडौं, साउन १ (ई–रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा सरकारी निवास बालुवाटार सर्ने लागेका हुन ।
प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारी अनुसार आज विहान ९ः५७ बजेको शुभ साइतमा पारेर प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्ने लागेका हुन ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।


