काठमाडौं, साउन १ (ई–रैवार)
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । एमालेको संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।
सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बताएका छन् ।
साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक भट्टराईले बताए ।
सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको भट्टराईले बताए ।


