नेपालमा आज २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

Spread the love

काठमाडौं, असार ५ (ई-रैवार)

नेपालमा आज थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टा ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जना र ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेका छन् । पछिल्लो २४ घण्टा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।