काठमाण्डौँ, असार २ (ई-रैवार)
नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। खनालको सचिवालयका अनुसार उनलाई आज दिउँसो साढे बाह्र बजे थप उपचारका लागि दिल्ली लैजान लागिएको हो ।
पूर्वप्रधानमन्त्री खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने बताईएको छ । ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ। खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।
दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।


