धनगढी, जेठ १६ (ई-रैवार)
नेकपा एमालेको सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । दलको बैठकमा स्वयम उपस्थितिमा भएका निर्णयहरुका विरुद्ध बोहराले दिएको सार्वजनिक अभिव्यक्तिका बारेमा स्पष्टीकरण पेश गर्न माग गरिएको हो ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरा स्पष्टीकरण मागेका हुन् । दलका नेता शाहले पठाएको स्पष्टीकरणमा आज ५ बजे भित्र जवाफ पेश गर्न भनिएको छ ।
बोहरालाई दलका नेता शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ । तथ्यसंगत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।


