धनगढी, जेठ १० (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ५२ जनाको स्वाब परीक्षण गरीएमा २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहाजगरपालिकाका ११२ जना , कैलालीका १३१ र अन्य जिल्लाका ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रादेशिक अस्पतालमा ८१ जनाको उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताएका छन् । अस्पतालको आइसीयुमा १० जना रहेकोका छन् । ७१ जनाको अक्सिजन सर्पोटमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ९ जना कोरोनामुक्त भएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएका छन् ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


