नेपालमा आज ८९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ जनाको मृत्यु

नेपालमा आज ८९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ जनाको मृत्यु
Spread the love

काठमाडौं, जेठ ८ (ई-रैवार) 

नेपालमा आज थप ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनागरी ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।

अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२/५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै ३ लाख ८३ हजार ६ सय ८४ कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको दर ७५.८ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये ३८.५४ प्रतिशत अर्थात १ लाख ९४ हजार ८९१ जना महिला रहेका छन् भने ६१.४६ प्रतिशत अर्थात ३ लाख १० हजार ७५२ जना पुरुष रहेका छन् । संक्रमितमध्ये १.२२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अहिले १ हजार ७३२ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । प्रदेश १ मा ९२, प्रदेश २ मा ५६, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३११ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३२, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ७ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ९२२ उपचाररत छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा १९१, गण्डकी प्रदेशमा १४३, लुम्बिनीमा १७२, कर्णालीमा ३७ र सुदूरपश्चिम प्रदेशमा ४५ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ । नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको सङ्ख्या समेत गरी आज १ सय २९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ ।