लमजुङको भुलभुले आसपास केन्द्र भएर ५‍.८ रेक्टर स्केलको भूकम्प

लमजुङको भुलभुले आसपास केन्द्र भएर ५‍.८ रेक्टर स्केलको भूकम्प
Spread the love

काठमाडौँ, जेठ ५  (ई-रैवार)

नेपालमा आज बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्र बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका, लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायतमा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो ।

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।