वैशाख २१ गते देखि डोटीमा निषेधाज्ञा हुने

वैशाख २१ गते देखि डोटीमा निषेधाज्ञा हुने
Spread the love

डोटी, वैशाख २० (ई-रैवार) 

डोटीमा वैशाख २१ गते देखि निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिश गरेको हो ।

जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख सुनील खनालले बैशाख २१ गते राती १२ बजे देखि वैशाख ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी हुने बताएका छन् ।