प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै
k|wfgdGqL cf]nL–;Daf]wg sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ gofF jif{ @)&* sf cj;/df /fi6«sf gfddf ;Daf]wg ug{'x'Fb} . k|wfgdGqL cf]nLn] l;+xb/l:yt k|wfgdGqL sfof{noaf6 b]z tyf ljb]zdf /xg'ePsf ;Dk"0f{ g]kfnLx?sf] ;'v, zflGt / ;d[l4sf] sfd ug{'eof] . t:jL/ M /f]zg ;fksf]6÷/f;;
Spread the love

काठमाडौं, वैशाख २० (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् ।

पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

त्यस्तै सत्ता स्वार्थले महामारी नियन्त्रणको विषय ओझेलमा परेको टिप्पणीहरु पनि भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्रीले समसामयिक राजनीति र कोभिड-१९ का विषयमा सम्बोधन गर्न लागेका हुन् । आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने प्रेस सल्लाहकार थापाको भनाइ छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुने जनाइएको छ ।