काठमाण्डौ, वैशाख २० (ई-रैवार)
बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्केन निर्देशन दिएको हो।
मन्त्रालयले अध्ययन बिदामा रहेका र अहिले अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हो।
मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ।


