बालुवाटारमा आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

बालुवाटारमा आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
Spread the love

काठमाडौं, वैशाख १९ (ई-रैवार)

आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित हुने बताईएको छ । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सीसीएमसीको प्रस्तावलगायत बारेमा छलफल हुने स्रोतले बतायो ।

शुक्रबार बसेको सीसीएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको थियो ।