डोटी अस्पतालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डोटी,वैशाख १८ (ई-रैवार)

जिल्ला अस्पताल डोटीमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटी कार्यालय डोटीका अनुसार आज ३८ जनाको श्वाब परिक्षण गर्दा दिपायल सिलगढी नगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरिक्षक तेज बिक्रम शाहीका अनुसार १६ जना थपिएसंगै जिल्लामा संक्रीय संक्रमितको संख्या १३५ पुगेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्थानीय तहहरुले एन्टीजिन प्रबिधी मार्फत पनि परिक्षण गरिरहेका छन् ।

एन्टीजीनबाट गरिएको परिक्षणको रिर्पोट भने स्वास्थ्य कार्यालयमा प्राप्त भई नसकेको जनस्वास्थ्य निरिक्षक शाहीले बताए । लक्षण देखापरेपछि परिक्षणका लागी अस्पतालमा आएका ब्यक्तीहरुको परिक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखा परेको हो । सबै संक्रमितहरु होम आईसोलेसनमा रहेका छन् ।

डोटीमा हिजो २७ नमुनाको परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको थियो ।