सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द
Spread the love

धनगढी, वैशाख १५ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जारी गरेको सूचनामा स्वास्थ्य सेवाबारे परामर्श लिन सम्बन्धित विभागका  चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरेका छन ।