बैठक बस्नु अगाडि कांग्रेस केन्द्रीय सदस्यहरूको स्वाब संकलन

बैठक बस्नु अगाडि कांग्रेस केन्द्रीय सदस्यहरूको स्वाब संकलन
Spread the love

काठमाडौं, वैशाख १३ (ई-रैवार)

नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। कांग्रेसले केन्द्रीय समिति बैठक बस्नुअगाडि केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षणगरी रिपोर्ट लिन लागिएको हो ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको भन्दै कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय सदस्य, नेताहरुको सुरक्षामा खटीने सुरक्षाकर्मि तथा पार्टी कार्यालयका कर्मचारी लगायत २ सय जनाको स्वाब संकलन गरेको छ ।

कांग्रेसले १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न वैशाख १५ मा केन्द्रीय समिति बैठक राख्न लागेको छ।

आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण गरी त्यसको रिपोर्ट प्राप्त भइसकेपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो।