बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु

बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु
Spread the love

बझाङ, वैशाख ९ (ई-रैवार)

बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडानम्बर ६ का ४८ बर्षिय पुरुषको मृत्यु भएको हो ।

जिल्ला अस्पताल सिमखेत बझाङका कोभिड फोकल प्रशन नारायण जोशीले जयपृथ्वी नगरपालिका वडानम्बर ६ का ४८ बर्षिय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा बैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट कोरोना चेक गर्दा पोजेटिभ देखिएको थियो ।

सक्रमितको स्वास्थ्यमा थप समस्या देखिए पछी थप उपचारको लागी कोहोलपुर लैजादैगर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बझाङका फोकल प्रशन जोशीले बताए छन् ।