नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा मात्रै ५१ जना पोजेटिभ

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा मात्रै ५१ जना पोजेटिभ
Spread the love

काठमाडौं, चैत २७ (ई-रैवार)

नेपालमा आज थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनामा गरिएको परीक्षणमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र १ सय १७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ जना पुगेको छ । जसमध्ये २ लाख ७३ हजार ७ सय ३५ जना निको भएका छन् भने ३ हजार ३८ जनाको मृत्यु भएको छ । हाल देशभर २ हजार ६ सय १५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपाल प्रवेश विन्दुमा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पोजेटिभ देखिएको छ ।

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा २ सय १८ जनाको एन्टिजेन परीक्षणमा १० जना र कञ्चनपुरकै चित्रनगर हेल्थ डेस्कमा ३ सय ७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ ।