नेकपाका नेता रघुजीविरुद्ध कोमल वलीले दायर गरिन् मुद्दा

नेकपाका नेता रघुजीविरुद्ध कोमल वलीले दायर गरिन् मुद्दा
Spread the love

काठमाडौं, फागुन २५ (ई-रैवार)

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानी मुद्दा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइजतीको मुद्धा दायर गरेकी हुन् ।

यसअघि रघुजी पन्तले कोमल वलीलाई लक्षित गर्दै पिँडुला देखाएर राष्ट्रिय सभा सदस्य भएको भन्‍ने अभिव्यक्ति दिएपछि आक्रोशित बनेकी वलीले जिल्ला अदालत काठमाडौंमा मानहानी मुद्दा दायर गरेकी हुन् । नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समय अघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो ।

यसअघि गायिकासमेत रहेकी ओलीले आफू यौनिक उत्पीडनमा परेको भन्दै न्याय माग्‍न अदालत जाने बताएकी थिइन् । उनले कसैलाई बलात्कार गरिसकेपछि नंग्याइसकेपछि आशय होइन भन्दा नपुग्‍ने भएकोले ममाथि भएको पीडालाई माफ दिन नसकिने बताएकी थिइन् ।

नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीेले बताईन।

नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उनको भनाई छ । उनले भनिन् – उहाँले माफि माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग माफि पनि माग्नुभएको छैन । र यस्ता शब्दहरु प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्धा दर्ता गर्दैछु । सम्पूर्ण आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।

यसअघि एक कार्यक्रममा नेता पन्तले भनेका थिए, “वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर नपाएको तर पिडुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएका छन् ।”