काठमाण्डौँ, फागुन १४ (ईं-रैवार)
संसद् विघटन बदर पछि छिमेकी मुलुक चीन र भारतका राजदूतहरु सक्रिय भएका छन् । संसद् विघटन बदर गर्ने सर्वोच्व अदालतको फैसलासँगै नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरु सक्रिय भएका हुन ।
सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा सक्रिय हुनु भएका हुन ।
उनीहरुले संसद् खुल्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्नका लागि कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा भेटवार्ता गरेका छन । दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा कांग्रेस सभापति देउवासँग छलफल गरेको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको संसद् विघटन गर्ने पुस ५ गतेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिईन । तर उक्त असंवैधानिक कदमलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएसँगै नयाँ सरकार गठनको तयारी भइरहेको छ ।


