कंचनपुर, पुस १३ (ई-रैवार)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपि साउदले कम्युनिस्टको दुई तिहाईको सरकारले देश र जनतालाई धोका दिएको वताएका छन् ।
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले देशैभर १६५ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलिको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध अन्तर्गतमा कंचनपुर निर्वाचन क्षेत्र नं २ मा सोमबार शुक्लाफाँटाको झलारिमा विरोध सभालाई सम्बोधन गर्दै नेता साउदले सो कुरा बताएका हुन ।
झलारिमा आयोजित विरोध सभामा सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री साउदले कम्युनिस्टको दुई तिहाईको सरकारले देश र जनतालाई धोका दिएको वताए ।
उनलेभने ५ बर्षका लागि जननिर्वाचित सरकारले आपसि कलहका कारण ३बर्षमै मध्यावधि निर्वाचनको घोषणा गर्नु दुखद छ। यसले देशमा संम्वैधानिक, राजनैतिक र आर्थिक संकट उत्पन्न गरेको जनाउदै नेता साउदले संविधानको रक्षासंगै जनताको अधिकार कुन्ठितहुन वाट जोगाउन देशैभर एकसाथ विरोधसभाको आयोजना गरिएको वताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साउदले कम्युनिस्टहरूले जनतालाई स्थिरता र समृद्धिको सपना देखायर झुक्याएर दुईतिहाई जनमत प्राप्त गरेपनि उनिहरूले जनतासंगको एउटापनि वाचा पूरा नगरेको आरोप लगाए । नेता साउदलेभने नेकपाका नेता कुन मुखले कुन नारा लियर जनताको घरमा आउछन हामी प्रस्न गर्न चाहन्छौ।
आफनै पार्टीले काम गर्न दियन भनेर झुटको खेति गर्नु लज्जास्पद विषय भएको उनले वताए।कांग्रेसले आफु हारेर भएपनि मुलुक र जनतालाई जित दिलाएको भन्दै नेता साउदले संविधानको कार्यान्वयन भएनभने देशमा अस्तिरताका कारण मुलुक बिसर्जनको वाटोमा जानसक्ने खतरा देख्छु।मुलुकको जेठोदल कांग्रेस जवजव देशमा संकट उत्पनहुन्छ तव आफुलाई अभिभावकिय भुमिकामा रहि मुलुकलाई निकासदिन अग्रसरतामा देखाउने पुर्व मन्त्री साउदले जनाए।
पुर्व मन्त्री गोविन्द वहादुर शाहले ओलिले संविधान विरोधि असंवैधानिक षड्यन्त्रकारि कदम चालेकाछन।यो प्रतिगामी कदमको जति निन्दा गरेपनि कमहुन्छ।
नेता शाहलेभने नेपाली जनतालाईदासता लाद्न चरम भ्रष्टाचार कुशासन लाद्नका लागि यो कदम चालेका हुन्।ओलिको तानाशाही प्रबृत्तिका विरूद्व नेपाली जनताले एकजुट हुनुपर्ने पुर्व मन्त्री शाहले वताए।पुर्व संविधानसभा सदस्य वल्देव वोहराले कम्युनिस्टको ओलि नेतृत्वको सरकारले संविधानलाई सिध्याउन असंवैधानिक कदम चालेको वताए।
उनले ओलिले चुनावको नाटक मंचन गरेर जनतालाई झुक्याउने खेल खेलेको वताए।पुर्व संविधानसभा सदस्य वाहादुर सिंह थापाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारि गरि कांग्रेसकै अगुवाईमा तिनै तहको निर्वाचन सम्पन्न गरेको वताउदै ओलि सरकारले देशमा शान्ति सुरक्षा कायम नगरि अस्तिरता मच्चाउन असंवैधानिक कदम चालेकाछ।
पुर्व संविधानसभा सदस्य थापालेभने नेपाली जनताको अमुल्य मतको ओलिले अपमान गरेकाले जनताका अधिकार सुनिश्चित गर्न कांग्रेसको काँधमा ठुलो जिम्मेवारी आएको थापाले वताए।
कार्यक्रममा प्रदेश सभा सदस्य श्यामलाल राना,देवराज पाठक,नेपाली कांग्रेस कंचनपुरका पार्टी सभापति हरि वोहरा पुर्व पार्टी सचिव भोजराज वोहरा लगायतले मन्तव्य राखेका थिए।नेपाली कांग्रेस कंचनपुर क्षेत्रनं२ का क्षेत्रिय सभापति दल वहादुर वोहराको सभापतित्वमा संचालित कार्यक्रमको संचालन क्षेत्रिय सचिव सुदर्शन ऐरले गरेका थिए ।


