कोरोना भाइरसको संक्रमणबाट अछाममा एक पुरुषको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अछाममा एक पुरुषको मृत्यु
Spread the love

अछाम, ९ पुस (ई-रैवार)

अछाममा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ बर्षिय पुरुषको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको हो ।

जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले यही पौष २ गते बयालपाटा अस्पतालमा कोरोना परिक्षणका लागि स्वाब दिएका उनको ६ गते कोरोना रिपोर्ट पोजेटिभ आएको बताए ।

कमलबजार  प्रयोगशालामा परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए । पौष ६ गते देखि जिल्ला अस्पताल अछाममा उपचाररत रहेका उनको बुधबार राति साढे ११ बजेतिर मृत्यु गएको डाक्टर बिष्टले बताए । नियमित अक्सिजन सहित उपचारमा राखिए पनि ज्यान बचाउन नसकिएको उहाँको भनाइ छ ।

यो संगै अछाम जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । हाल अछाममा कोरोना भाईरस संक्रमितको संख्या १६ सय २२ जना पुगेको छ ।