नेपालमा आज थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौं, मंसिर १६ (ई-रैवार)

नेपालमा आज थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ नमुना परीक्षण गर्दा ५ सय १ महिला र ८ सय ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ सय ३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४ सय ९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।

कास्कीका १०० जना, झापाका ६८, मोरङका ६२, सुनसरीका ५२, रुपन्देहीका ४५, काभ्रेका ४०, बाँकेका ३०, मकवानपुरका २९, चितवनका २२, बर्दिया र अछामका १९/१९ जना, बैतडीका १८, नवलपुरका १५,
धनुषा, पाल्पा र कञ्चनपुरका १४/१४ जना, बाग्लुुङका १३, डडेलधुराका १२, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीका ११/११ जना, तनहुँ र बझाङका १०/१० जना तथा सप्तरी, कपिलवस्तु र गुल्मीका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ र अर्घाखाँचीका ८/८ जना, नवलपरासी र बाजुराका ६/६ जना, सिराहाका ५, ओखलढुंगा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्युठानका ४/४ जना, पर्सा, महोत्तरी, रौतहट र गोरखाका ३/३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङका २/२ जना तथा पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ५ सय २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १६ हजार ६ सय  ३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९ सय  ९८ होम आइसोलेसनमा छन् भने ३ सय  ७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।