डोटी, कार्तिक १३ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले काम नगर्ने ठेकादारको तथ्याङ्क संकलन गर्न निर्देशन दिएका छन । मुख्य मन्त्री भट्टले निमार्ण सम्झौता भएको लामो समय भई काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न निर्देशन दिएका हुन ।
निमार्ण सम्झौता भएको लामो समय भई काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न मुख्य मन्त्री भट्टले डोटीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन ।
जिल्लामा धेरै योजना निमार्ण कम्पनीको लापरबाहीका कारण ढिला भईरहेको गुनासो आएका कारण त्यस्ता कम्पनीलाई आबश्यक निर्देशक तथा कारवाही गर्नु पर्ने बताएको मूख्यमन्त्री भट्टको सचिवालयले जानकारी दिएको छ ।
दिपायल पुल देखी एरर्पोटसम्म सडक पिच गर्नका लागी ठेक्का भएको लामो समय भएको भएपनी काम नगरेको प्रति चाँसो राख्दै मूख्यमन्त्रीले त्यस्ता सबै ठेकादारको सूची तयार गर्नु भनेका हुन ।
मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लाड्नुपर्ने बताएका छन । कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समेत उनले आग्रह गरे ।
कोरोना जोखिमबाट सबै नागरिक सजग भएर हिँड्नु पर्ने धारणा राख्दै मुख्यमन्त्री भट्टले भने, “कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका छौँ तर नागरिकले पनि कोरोना जोखिमबाट बच्न सावधानी अपनाउनु पर्ने हुन्छ ।”
दशैँको अबसरमा टिका थाप्नकालागी गृह जिल्ला आएको बेला सुरक्षा प्रमुखसंगको भेटमा मूख्यमन्त्री भट्टले मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा उक्त कुरा बताएका हुन । दशैँ तथा तिहारको बिचमा हुने शान्ति सुरक्षाको राम्रो प्रबन्ध मिलाउन पनि मूख्यमन्त्री भट्टले निर्देशन दिएका छन ।


