धनगढी, कार्तिक ७ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको नमुना परीक्षण गर्दा १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४ जना, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
सेती प्रादेशिक अस्पताल प्रयोगशाला अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको नमुना परीक्षण गर्दा ३९ महिला र ७२ जना पुरुष गरी १ सय ११ जनामा संक्रमण पुष्टि भएको भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा कैलालीका ९२ जना, कञ्चनपुरका १६ जना, डोटीका २ जना र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिएका छन ।
सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीका २९ पुरुष र १६ महिला गरि जना ४५ जना, कैलालीको गोदावरीका १९ पुरुष र १० महिला गरी २९ जना, घोडाघोडी ३ जना, गौरीगंगाका २ जना,कैलालीको कैलारीका ६ जना, टिकापुरका र लम्कीचुहाका ३/३ जना,कैलालीको स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टी भएको हो ।
डोटीको केआइसिंह र शिखरका १/ १ जना, बैतडीको दशरथचन्दका १ जनामा पनि संक्रमण पुष्टी भएको हो ।
कञ्चनपुरको बेदकोटका ५ जना, बेलडाडीका १ जना, शुक्लाफाँटा, भिमदत्त कृष्णपुरका ३/३ जना र कञ्चनपुरको स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ६१ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोनाका कारण प्रदेशमा ३० जनाको मृत्यु भएको छ ।


