डडेल्धुरा, कार्तिक ५ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८४ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाको महाकाली नगारपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।



