कैलाली प्रहरी प्रमुखमा खटाइए एसपी देउवा, असईको हत्यापछि सिआईबीको टोली धनगढीमा

कैलाली प्रहरी प्रमुखमा खटाइए एसपी देउवा, असईको हत्यापछि सिआईबीको टोली धनगढीमा
Spread the love

धनगढी, कार्तिक ३ (ई-रैवार)

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरिक्षक (एसपी) दिलिप देउवालाई खटाइएको छ। अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा खटाइएको हो ।

दंगा नियन्त्रण प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरिक्षक देउवालाई आजदेखि काजमा कैलाली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जवरालाई कोरोना पुष्टि भएपछि काठमाडौ गएका छन् ।

सिआईबीको टोली धनगढीमा

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरिक्षक (असई) को हत्यापछि  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली धनगढी पुगेको छ ।

सिआईबीका प्रहरी नायब उपरिक्षकको कमाण्डमा घटनाको अनुसन्धानका लागि धनगढी पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । तर प्रहरी नायब उपरिक्षकको नाम भने खुलाईएको छैन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक सिहले सिआईबीको टोली धनगढी पुगेको तर अनुसन्धानमा संलग्न अधिकृतहरुको नाम खुलाउन नमिल्ने बताए ।

यस्तै उक्त घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको छ प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।