धनगढी, असोज ३० (ई-रैवार)
धनगढी उपमहानगरपालिकालाई होप ब्रिज संस्थाले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । होप ब्रिजले उपमहानगपालिका सगँ समन्वय गरी विभिन्न स्थानमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
भारतबाट स्वदेश फर्किका नागरिकका लागि संस्थाले विगत केही महिना देखि खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराउदैं आएको जनाएको छ । सस्थाका प्रदेश सयोजक महेन्द्र बमले उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर मार्फत खाद्यान्न समाग्री र स्वास्थ्य सामाग्रहरु हस्तान्तरण गरेका हुन ।
संस्थाले क्वारेन्टीनमा रहेका नागरिकहरुलाई खाना खुवाउदैँ आएको छ । भने स्वास्थ्य सामाग्रीहरु सर्जिकल मास्क, सेनिटाईजर, तुथब्रश, तुथपेस्ट, साबुन उपलब्ध गराउँर्दे आएको संस्थाले जनाएको छ । महिलाहरुका लागि भनेर खुशी प्याकको व्यवस्था गरिएको छ ।
खुशी प्याक अन्तर्गत सेनेटरी प्याड, श्याम्पु, फेश वस र मिनरल बिस्कुट दिदैँ आएको छ । कोइका र बेटर वर्डको सहयोगबाट सञ्चालित उक्त कार्यक्रमको मुख्य उद्देश्य भारतबाट आएका नेपाली नागरिकलाई १४ दिन क्वारेन्टिनमा राखी समुदायमा कोभिड १९ फैलनबाट जोगाउनु रहेको छ ।


