सुदूरपश्चिम प्रदेशका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय ९६ पुग्यो

सुदूरपश्चिम प्रदेशका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय ९६ पुग्यो
Spread the love

धनगढी, असोज २८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका आज थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षण भएकोमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा चार सय ३२ जनाको परीक्षण गरिएकोमा  ६० जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ५१, कञ्चनपुरका ८ र बझाङका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका ७–७ जना, कैलारी गाउँपालिकाका ४ जना र लम्कीचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

कञ्चनपुरको वेदकोट नगरपालिकाका ४ जना, बेलौरी र पुर्नवास नगरपालिकाका १–१ जना, स्थानीय तह नखुलेका दुई जना र थलारा गाउँपालिका बझाङका १ जनामा पनि संक्रमण देखिएको छ ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७९ जनाको कोरोना परीक्षण भएकोमा ५ पुरुष र ४ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिका ७ र अछामको बयलपाटाका २ गरी ७ जनामा  संक्रमण पुष्टी भएको हो ।

डडेल्धुरामा गरिएको परिक्षणमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना परीक्षण गरिएकोमा डडेल्धुराको अमरगढी नगरपालिकाका १ जना, नवदुर्गा गाउँपालिकाका १ जना र दार्चुलाको महाकाली नगरपालिकाका १ जनामा सक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बताए ।

यस्तै  बझाङ प्रयोगशालामा ३, बैतडी प्रयोगशालामा ४ र कमलबजार प्रयोगशालामा १२ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ९६  पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ७ सय बढीले कोरोना जितेका छन ।